कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

यसरी गरे सात मुख्यमन्त्रीले मतदान [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाका १८ सिटका लागि बिहीबार मतदान भइरहेको छ । मतदानमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरु सहभागी भइरहेका छन् । सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेशगत रुपमा तोकिएको केन्द्रमा पुगी मतदान गरेका छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गर्दै । तस्बिर : रोशन सापकोटा, रासस

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण निधि स्मृति भवन र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ललितपुर महानगरपालिका–४ को वडा समिति भवनमा मत खसालेका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : लालप्रसाद शर्मा, कान्तिपुर

दाङको घोराहीमा प्रदेश ५ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

त्यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरास्थित जिल्ला निर्वाचन कार्यालय परिसर, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्र र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर मतदान गरेका छन् भने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय पुगी मतदान गरेका छन् । मतदानका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ ।

कर्णाली प्रदेशमा जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसरमा मतदान गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्बिर सौजन्य : मुख्यमन्त्रीको सचिवालय

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा मतदान गर्दै त्रिलोचन भट्ट । तस्बिर : मोहन शाही, कान्तिपुर


प्रकाशित : माघ ९, २०७६ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्