१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई मन परेका ७ तस्बिरहरु ।

काठमाडौंको तारकेश्वर नगरपालिका ७ स्थित फुतुङमा मूलको पानी भर्दै एक महिला । यस क्षेत्रमा खानेपानी नहुँदा लगभाग ५० घरका मानिसहरु पानी भर्न यहाँ आउँछन् । तस्बिरः कबिन अधिकारी

राजधानीको ढल्कोस्थित जमेको पानीबाट सवारी साधनले फोहर फ्याँकेपछि जोगिन खोज्दै बटुवा । तस्बिरः सन्जोग मानन्धर

थ्री स्टार र फ्रेन्ड्सका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्ने क्रममा । तस्बिरः हेमन्त श्रेष्ठ

काठमाडौंको किर्तिपुरस्थित मन्दिरमा बसेर फोनमा व्यस्त बालबालिकाहरु । तस्बिरः अनिश रेग्मी

ललितपुरस्थित पाटन दरबार परिसरमा उड्दै गरेका परेवाहरु । तस्बिरः दीपक केसी

नारयणीहिटी संग्राहलय परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारक अवलोकन गर्दै प्रधानमन्त्री केपीशर्मा ओली लगायत । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार एक कार्यक्रम गरी गणतन्त्र स्मारक नारायणहिटी संग्राहलय तथा गणतन्त्र स्मारक सञ्चालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो । तस्बिरः इलिट जोशी


प्रकाशित : माघ ४, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्