१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

यसरी गरियो गणतन्त्र स्मारक हस्तान्तरण [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारक हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार एक कार्यक्रम गरी गणतन्त्र स्मारक नारायणहिटी संग्राहलय तथा गणतन्त्र स्मारक सञ्चालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई लगायत उपस्थित थिए । गणतन्त्र दिवसका अवसरमा गत जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गरेकी थिइन् । २०६८ मा सरकारले जनआन्दोलन सफलता, राजतन्त्र अन्त्य र गणतन्त्र आगमन तथा ती उपलब्धि प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा स्मारक बनाउने निर्णय गरेको थियो ।


प्रकाशित : माघ ३, २०७६ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्