कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

हिउँले छोप्यो मनाङ [फोटोफिचर]

आश गुरुङ

लमजुङ — मनाङका चारवटै स्थानीय तहका बस्तीमा हिमपात भएको छ । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनाएको छ । हिमपातका कारण मानिस वारपार हुन सकेका छैनन् । यसअघिकै हिउँ जमिरहेको ठाउँमा फेरि हिउँ थपिँदा करीब २ फिटसम्म पुगेको छ ।

माथिल्लो मनाङमा बिहीबार बिहानैदेखि हिमपात भइरहेको होटल सञ्चालक छिरिङ लोप्साङ गुरुङले बताए । पिसाङका छिरिङ गुरुङले हिउँले सडक, पदमार्ग, घरहरु सबै छोपिएको बताए । उनका अनुसार यसअघिकै हिउँ पग्लिनसकेको अवस्थामा बिहीबार हिउँ थपिएको हो ।

सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्म चामेका डीएसपी रमेश भुवाजी क्षत्रीका अनुसार हिमपातसँगै साँझपख चिसो हावा चल्ने गरेको छ । हिमपातपछिको चिसोले हिटर र आगो बालेर बस्नुपरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार बिहीबार बिहानैबाट परेको हिमपातले जनजीवन प्रभावितमात्रै होइन, कष्टकर पनि बनाएको छ । चिसोले कार्यालयको काम सम्पादनम समेत समस्या परेको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक ब्रिजबहादुर गुरुङका अनुसार हिमपातपछि पर्यटकहरु गन्तव्यमा जान सकेका छैन ।

मनाङमा रातको समय माइनस १५ डिग्री तापक्रम छ । बिहीबार दिउँसो माइनस ८ डिग्री तापक्रम मापन गरिएको मनाङ प्रशासनले जनाएको छ ।

सबै तस्बिर सौजन्य : ब्रिजबहादुर गुरुङ, एक्याप, मनाङ ।


प्रकाशित : माघ २, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्