कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आँखै अगाडि हिमाल

तस्बिरः कञ्चन अधिकारी

काठमाडौँ — बुधबार बिहान ६ बजे। त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा स्वदेशी तथा विदेशी यात्रुको भीड। कोही नाम्चे, कोही पोखरा त कोही विराटनगर, कोही माउन्टेन फ्लाइटका लागि जहाज कुरिबसेका। 'अफ सिजन' भएपनि पर्यटक खचाखच छन् अहिले।

हिमाल: लाङटाङ लिरुङ

त्यसमाथि नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाइरहेको छ । जतिसक्दो विदेशी पाहुना नेपाल भित्र्याउनु छ । धेरैको ध्यान विदेशी पर्यटक भित्र्याउन भएपनि नेपालका केही व्यवसायी भने 'पहिला देश अनि विदेश' भन्दै नेपालीहरुलाई पनि घुमघाममा तानिरहेका छन् ।

हिमाल: दोर्जे लाक्पा

ट्रेकिङ, हाइकिङ, क्यानोइङ लगायतका सहासिक पर्यटनमा नेपाली जान थालेपनि माउन्टेन फ्लाइटमा भने कमै नेपाली जाने गरेका छन् । कारण- महँगो शुल्क । तर भ्रमण डट कमले भने बुद्ध एयरसँग मिलेर पारिवारिक माउन्टेन फ्लाइट प्याकेज ल्याएको छ । जसमा जोडी वा परिवारसँग जाँदा आँखै अगाडि २० वटा भन्दा बढी हिमाल देख्न सकिन्छ ।

माउन्टेन फ्लाइटका क्रममा हिमचुलीदेखि मकालुसम्मको हिमश्रृंखला देख्न सकिन्छ ।

हिमाल : मेलुङत्से

लाङटाङ रेन्ज

लाङटाङ रेन्ज

हिमाल : पुमरी

हिमाल : सगरमाथा र नुप्त्से

हिमाल : सगरमाथा

हिमाल : गौरीशंकर हिमाल


प्रकाशित : माघ १, २०७६ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्