बेत्रावतीकाे गाेरु जुधाइ

बलराम घिमिरे

रसुवा — रसुवा र नुवाकोट जिल्लाको सीमानामा पर्ने बेत्रावतीमा प्रत्येक वर्ष मकर संक्रान्तिका दिन गोरु जुधाउने परम्परा रहि आएको छ । यसै परम्परालाई निरन्तरता दिँदै बुधबार १३ हल गोरुको जुधाइएको छ । यस वर्ष मकर संक्रान्तिका दिन २६ कृषकले गाेरु जुधाउन बेत्रावतीमा ल्याएका थिए । गोरु जुधाएको हेर्न बुधबार हजारौं मानिसहरु बेत्रावतीमा जम्मा भएका थिए । प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुने गोरुका धनीहरुका लागि त्रमश : पाँच, चार र तीन हजार नगद पुरस्कारको व्यवस्था गरिनुका साथै प्रतियोगितामा सहभागी गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको छ ।


प्रकाशित : माघ १, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्