माघीका लागि तयार हुँदै चिच्चर (फोटोफिचर) 

रमेशकुमार पौडेल

चितवन — थारु समुदायका लागि माघे संक्रान्ति अर्थात माघी विशेष पर्व हो । उनीहरु यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिका पनि जिल्लाको थारु बहुल इलाका हो । त्यसैले माडीलाई माघीले छपक्कै छोपेको छ । माघीको विशेष खाना हो चिच्चरको पोका र माछा । चिच्चर अनदीको चामलबाट बनेको नरम भात हो ।

ZenTravel

प्रकाशित : पुस २९, २०७६ १८:४२

अरु ठाउँमा अनदीको चामललाई घ्युमा भुटेर दुध वा पानीमा पकाएर चाम्रे वा लट्टे बनाएर खाने चलन छ । तर थारु समुदायले अनदीको चामललाई बाफमा पकाउँछन् । पकाउनुअघि राम्रोसँग भिजाउँछन् । कसौंडीमा पानी तताएर त्यसमाथि अर्को भाडो राखेर मोमो जसरी चिच्चर पकाउने गरिन्छ । त्यसरी पकाएको भातलाई जंगलबाट ल्याएको भोर्लाको पातमा पोको पारेर भोलिपल्ट माघे संक्रान्तिमा खाने चलन छ ।

माडी नगरपालिकाका उपमेयर ताराकाजी महतो चिच्चर पोका आगोमा पोलेर खाने चलन रहेको बताउँछिन् । माछा पनि अघिल्लो दिन नै पकाएर राख्ने र भोलिपल्ट खाने चलन छ । पहिला पहिला चिसै बासी माछा खाने गरिन्थ्यो । बासी कुरा त्यसै खानु राम्रो नहुने भनेर अचेल तताएर खाने गरेको उपमेयर महतोले बताइन्  ।  चिच्चर पोका पोलेर खाँदा जाडोमा शरीर तान्ने अनुभव गरेको थारु समुदायका पाका व्यक्तिहरु बताउँछन् ।  

Meroghar

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वर्षा र हिमपहिरोले पाकिस्तानमा मृत्यु हुनेकाे संख्या ८२ पुग्याे [अपडेट]

अफगानिस्तानमा ३९ ले ज्यान गुमाए
एजेन्सी

पाकिस्तानका विभिन्न क्षेत्रमा तीन दिनकाे भारी वर्षा र हिमपहिरोका कारण मृत्यु हुनेकाे संख्या ८२ पुगेकाे छ । पाकिस्तानको दैनिक पत्रिका 'डन'का अनुसार मौसमको खराबीका कारण बलुचिस्तान र कश्मिर क्षेत्रमा ठूलो क्षति भएको छ ।

समाचार संस्था रोयटर्सले पाकिस्तान प्रशासित कश्मिरमा मात्रै पछिल्लो २४ घन्टामा५५ जनाले ज्यान गुमाएको जनाएको छ। बलुचिस्तानमा २०र निलम भ्यालीमा ५९ जनाको मृत्यु भएको छ। थुप्रै मानिसहरु हराइरहेको रमृतकहरुको संख्या बढ्ने अनुमान गरिएको समाचारमा जनाइएको छ।

पाकिस्तानका विपद् व्यवस्थापन अधिकारी मोहम्मद युनुसले 'डन'लाई भनेअनुसार मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका छन्।

पाकिस्तानको छिमेकी अफगानिस्तानमा पनि खराब हिमपहिरोमा परी ३९ जनाले ज्यान गुमाएको अलजजिराले उल्लेख गरेको छ। भारत प्रशासित कश्मिरमा पनि १० जनाको मृत्यु भएको छ।

प्रकाशित : पुस २९, २०७६ १८:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×