कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

तस्बिरमा कुमारी र दैत्यको प्रेम (फोटोफिचर)

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपाल मण्डलमा (अहिलेको उपत्यका) मा चर्या नृत्य गरिरहेका छन् अष्टमात्रिकाहरु । देवीको भेषभुषामा सजिएका उनीहरुको हातमा छ, खड्ग । नेपथ्यमा मधुर संगीत बजिरहेको छ । त्यतिकैमा एक गाउँले सहयोग माग्न आइपुग्छन् चण्डिकाको अगाडि । गाउँमा दैत्यले दु:ख दिन थालेको हुन्छ । चण्डिकाले उक्त गाउँलेलाई दैत्यबाट मुक्ति दिलाउने बाचा गर्छिन् ।

यो प्लटसँगै सुरु हुन्छ नाटक 'कुमारी' । घिमिरे युवराज निर्देशित नाटकमा देखिने यी पात्रहरु काठमाडौंका एक वर्गले शक्ति पीठ तथा आरधनाका केन्द्र मान्छन् । काठमाडौंको शास्त्रीय नृत्यमाध्यमबाट कथा भन्छ नाटकले । एक समय आम मानिसले सिक्न वा नाच्न नपाउने नियम थियो चर्या नृत्य । यस नृत्यले जोडेर ल्याउने पात्रहरुको कथा चन्द्रमान मुनिकारले परिकल्पना गरेका हुन् ।

चण्डिका र महादेवले छोरी कुमारीलाई गाउँलाई दैत्यबाट बचाउने जिम्मेवारी सुम्पन्छन् । गाउँलेलाई बचाउने क्रममा कुमारीको एक दैत्यसँग मन मिल्छ । दैत्य चन्दासुरले पनि कुमारीलाई प्रेमको जालमा फसाउने सोचेका हुन्छन् । बिस्तारै उनी पनि कुमारीको प्रेममा पर्छन् । गाउँले बचाउन कुमारीले दैत्यसुरलाई मार्नुपर्ने हुन्छ । अब कुमारीले गाउँलेलाई उक्त दैत्यको आक्रमणबाट कसरी बचाउँछिन् यसै वरपर नाटकको कथा घुमेको छ ।

देवीदेवताको यो कथा वर्तमान समाजसँग नजिक छ । कथा महिला सशक्तीकरणसँग जोडिएको छ । नाटकले पितृसतात्मक समाजलाई व्यङ्ग्य गर्छ, एकजना पुरुषसँग शारीरिक सम्बन्ध राख्दैमा कसैको कौमार्य गुम्दैन । कौमार्यले महिलाको पवित्रतातको मापन नगर्ने, कौमार्यको अधिकार स्वयम महिलामा मात्र हुने नाटकको संदेश हो ।

देवीदेवताको कथाबाट वर्तमान समाजलाई नाटकले छोएको छ ।

नाटकमा निरज शाक्यले उत्कष्ट काम गरेका छन् । नाटकमा रश्मी महर्जन, रचना महर्जन, अनिसा श्रेष्ठ, सुदनमान मुनिकार, योहाङ राईलगायतका कलाकारले अभिनय गरेका छन् ।


प्रकाशित : पुस २८, २०७६ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्