साताका ७ तस्बिर

यो साता हामीलाई मन परेका ७ तस्बिरहरु :
कान्तिपुर संवाददाता

काठमाडौँ — पोखराको हेम्जामा सोमबार प्याज गोड्दै कृषक । तरकारी खेतीका लागि हेम्जा उपयक्त स्थल भएपनि पछिल्लो समय घर बन्ने क्रम बढ्दो छ । तस्बिर : दीपक परियार/कान्तिपुर

ZenTravel


प्रकाशित : पुस २६, २०७६ १६:२८

अध्यागमन विभागले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई बुधबार ‘डिपोर्ट’ गर्दै । उनीहरुलाई ‘चाइना इस्टर्न’ को जहाजबाट साँझ चीन फर्काइएको छ । तस्बिर : अंगद ढकाल/कान्तिपुर

काठमाडौंको शंखमूलमा राखिएको हृयुम पाइपमा खेल्दै बालबालिका । तस्बिर : दीपक केसी/कान्तिपुर

Meroghar

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको क्वीक्स कप अन्तर विद्यालय महिला फुटबल प्रतियोगिता अन्तर्गत नेपालय इंग्लिस बोर्डिङ स्कुल(निलो) र त्रिवेणी सेकेन्डरी बोर्डिङ स्कुल(रातो) बीच भएको खेल । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

काठमाडौंको कालीमाटीमा भित्तेपत्रिका समाचारपाटीमा समाचार पढ्दै सर्वसाधारणहरु । यस्ता भित्ते पत्रिका समाचारपाटी आजभोली उपत्यकामा कमै मात्र भेटिन्छन् । तस्बिर : बिजु महर्जन/कान्तिपुर

भक्तपुरस्थित भाजु पोखरीमा स्टायरोफोममा रमाउँदै बालबालिका । घर निर्माणमा प्रयोग हुने स्टायरोफोम हलुका हुने भएकोले पानी सजिलै तैरिन्छ । तस्बिर : केशव थापा/कान्तिपुर

स्वस्थानी व्रतको पहिलो दिन साँखुस्थित शालीनदीमा स्नान गर्दै भक्तालु महिला । तस्बिर : इलिट जोशी/कान्तिपुर

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वाधार विकासमा दीर्घकालीन सोच देखिएन : पूर्वप्रधानमन्त्री नेपाल

रासस

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले बृहत्तर ढंगले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अघि बढाउने परिपाटीको विकास गर्न नसकेको बताएका छन् । जसका कारण लगानीअनुरुपको प्रतिफल आउन नसकेको नेता नेपालको भनाइ छ । 

सार्वजनिक यातायात केन्द्रीय महासंघको प्रथम राष्ट्रिय साधारण सभाको काठमाडौंमा उद्घाटन गर्दै नेता नेपालले विद्यालय, हवाई कम्पनी तथा बैंक वित्तीय संस्थालगायत जुनसुकै निकाय खोल्नका लागि कुनै सीमितता नहुँदा समस्या देखिएको बताए। हचुवाका भरमा बग्रेल्ती संस्था खुल्ने परिपाटीलाई बदल्न नियमनकारी निकायको ध्यान जान जरुरी भएको नेपालले बताए।

मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला निकायको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने भनाइ नेपालको छ। नेपालले यातायात क्षेत्रको एकाधिकारको अन्त्य गर्दै यस क्षेत्रमा रहेका बेथिति र विकृति नियन्त्रणका लागि नियमनकारी निकाय सक्रिय हुन जरुरी भएको बताए।

उदारभावको नाममा बग्रेल्ती अनुमति दिने र त्यसअनुरुप खुलेका संस्थाको अनुगमन प्रणाली प्रभावकारी नहुँदा सेवाको गुणस्तरतामा ह्रास आइरहेको नेपालले बताए। राम्रोसँग अध्ययन गरेर मात्र यातायात सेवा सञ्चालनको अनुमति दिनुपर्ने र प्रतिस्पर्धा र नियमनलाई राज्यका निकायले अझ बढी जिम्मेवार र सक्रिय भएर लाग्नुपर्ने जरुरी रहेको पनि उनको भनाइ छ।

विमानस्थल, सडक वा पुल जे पूर्वाधार बनाउने तयारी गरेपनि कस्तो गुणस्तरको बनाउने भन्ने मापदण्ड नभएको भन्दै नेपालले साँघुरो हेराइ, सङ्कीर्ण सोचका कारण मुलुकको विकासको गतिलाई तीव्रता दिन नसकिएको बताए। जुनसुकै पूर्वाधार बनाउँदा १० वर्ष, २० वर्ष वा ५० वर्ष कति अवधिसम्मका लागि हो कति खर्च लाग्छ भन्ने विषय सुरुमै निर्धारण गरेर आयोजना अघि बढाउन जरुरी रहेको उनले बताए।

चालकको लापरबाहीका कारण मुलुकमा सवारी दुर्घटना बढेको भनाइ उनको छ। चालकलाई उत्तरदायी बनाउन आवश्यक प्रशिक्षणका साथै उनीहरुलाई अनुशासित र मर्यादित बनाउनेतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने खाँचो नेपालले औँल्याए।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सार्वजनिक यातायातलाई अनुशासित, व्यवस्थित, मर्यादित र सुरक्षित बनाइ यात्रु उपभोक्ता, सरकार मजदूर र व्यवसायीबीचको एकतालाई थप सुमधुर तुल्याउने उद्देश्यले महासंघ स्थापित भएको बताए।महासंघमा देशैभरका सार्वजनिक यातायात क्षेत्रका ५४ संगठन आबद्ध रहेका छन्।

प्रकाशित : पुस २६, २०७६ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×