कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सुरु भयो एक महिने माधवनारायण मेला [फोटोफिचर]

तस्बिर : केशव थापा

भक्तपुर — भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा एक महिने माधवनारायण मेला एवं व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला शुक्रबारबाट त्रिवेणीघाटमा सुरु भएको छ । हेर्नुहोस् तस्बिरहरु :

नेपाल संवत् ७२२ मा रणजित मल्ले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख छ । त्रिवेणीघाटमा स्नान गरे आत्माले चिताएको पुग्ने जनविश्वास रहेको  छ ।

माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हात/गोडाको नङ्ग काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै त्रिवेणी नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ ।

व्रतालुले औंसीदेखि नै खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयबागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शंखदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ ।

प्रकाशित : पुस २५, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्