स्वस्थानी व्रतालु शालीनदीमा [फोटोफिचर]

तस्बिर : इलिट जोशी

काठमाडौँ — हिन्दु धर्मावलम्बीले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत शुक्रबारदेखि सुरु भएको छ । स्वस्थानी व्रत प्रारम्भका दिन काठमाडौं शालीनदीमा व्रतालुको भीड लागेको छ । व्रतालुहरुले एक महिनासम्म स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेमा पुण्‍य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ ।

प्रकाशित : पुस २५, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्