कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चित्लाङमा क्वाड बाइक

सुरज कुँवर

काठमाडौँ — भम्रण वर्षमा सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ । नेपालमा आउने पर्यटकको पहिलो रोजाइ प्रकृति हुन्छ । यो पछि साहसिक गतिविधि उनीहरुको रोजाइमा पर्छन् । नेपाल जहाजबाट फाल हान्ने स्काई डाइभिङ्ग, बन्जी जम्पिङ्ग, जीपफ्ल्यार, प्याराग्लाइड आदि क्रियाकलापमा चर्चित छ नै । भम्रण वर्षलाई लक्षित गर्दै काठमाडौं नजिकैको चित्लाङका पर्यटन व्यवसायी शैलेश नेपालले थपेका छन्, क्वाड बाइक । अर्थात् अफरोड बाइक । संसारभर यो एटीभी (अल टेरेन भ्याकिल) का नाम पनि चर्चित छ ।

हामीमध्ये कतिपयले मध्यपूर्वी मुलुकका मरुभूमी, समुन्द्री तट तथा पूर्वी एसिया प्रशान्त क्षेत्रका गाम्रिण इलाकामा चार पाङग्रे क्वाडबाइक कुदाएको वा देखेका होलाउ । तर, अब नेपालमै यस्को अनुभव लिन मिल्ने भएको छ । काठमाडौंको भीमसेन गोलामा रहेको द एडभेन्चर गियर प्रालिले एक महिनाअघि चीनबाट ल्याएका ५ वटा क्वाडबाइक चित्लाङमा राखेर व्यवसायिक रुपमा पहिलोपटक यो विधाको सुरुवात गरेको छ ।

त्यहाँको पुरानो रिसोर्ट अर्गानिक भिलेज रिसोर्ट र चित्लाङ रिसोर्ट प्रालिमा यी क्वाडबाइक उपलब्ध छन् । क्वाडबाइकको खास रुट हुँदैन । चित्लाङमा क्वाडका लागि ६ किलोमिटर लामो बम्पी सडक छ । क्वाडबाइक हाक्न सजिलो छ । मोटरसाइकल चलाउन नजान्नेले पनि यसलाई हाक्न सक्ने छन् । चार पाङग्रा भएकाले दुर्घटनाको सम्भावना न्यून हुन्छ । यसका धेरै प्रविधि बाइकसँग मिल्दाजुल्दा छन् । बाइकमा नभएको यस्मा भएको एउटा पृथक गुण भनेको यस्मा दुइटामात्रै गियर हुन्छन् । एउटा अगाडी बढाउने अर्को ब्याक गियर । १२ लाख रुपैयाँ पर्ने क्वाडबाइकको अनुभव लिन चित्लाङ पुगेपछि थप ३ हजार खर्च गर्नुपर्ने हुन्छ । त्यहाँका रिसोर्टले यस्लाई प्याकेजमा राखेका छन् ।


प्रकाशित : पुस २२, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्