तस्बिरमा शरदको पोखरा र दीपेन्द्रसिंहको धनगढीबीचको खेल
पोखरा — पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार एक्सपर्ट धनगढीले पोखरा पल्टनलाई ५ विकेटले पराजित गर्यो । प्लेअफको स्थान सुरक्षित गर्न दुवै टोलीको लागि महत्त्वपूर्ण मानिएको यस खेलमा साविक विजेता पोखरा १६.३ ओभरमा ७९ रन बनाउँदै अल आउट भयो । जवाफी ब्याटिङमा आएको धनगढीले ९.१ ओभरमा ८५ रन बनायो ।