साताका ७ उत्कृष्ट तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — किरात समुदायले उधौली पर्व मनाएका छन् । उनीहरुले सामूहिक पूजाआजासहित नाचगान गरेर उधौली मनाएका छन् । यो साता इकान्तिपुरमा सांस्कृतिक,दैनिक जीवन,बालबालिकासँग सम्बन्धित तस्बिरहरुले प्राथमिकता पाए । पोखराको फेवा तालमा डुंगा सयरमा रमाउँदै गरेका पर्यटकहरु,साग समापनको क्रममा घर फर्कने क्रममा झ्यालबाट बसमा छिर्दै गरेका यात्रुहरुको तस्बिर पनि छापिए । यस्तै, त्रिभुवन विमानस्थलको परिसरमा आन्तरिक पार्किङ वेमा राखिका जहाज, उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा परेको हल्का वर्षात् पछिको जनजीवनसँग सम्बन्धित तस्बिर पनि रुचाइए । 

काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका किरात समुदाय उधौली पर्व अवसरमा ललितपुरको सुनाकोठीमा नाच गान गरेर मनाउँदै । किराती जातिभित्रका लिम्बू, याक्खा, कोइाच (सुनुवार) र राईले सामूहिक पूजाआजासहित नाचगान गरेर ढोल, झ्याम्टा, च्याब्रुङलगायत बाजा बजाउँदै हातमा चमर, सेउली हल्लाउँदै महिला र पुरुषहरू पंक्तिबद्ध भएर नाच्नदै धुमधामका साथ यो पर्व मनाउँछन् । तस्बिरः अंगद ढकाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको आन्तरिक पार्किङ वे मा राखिएको जहाजहरु । तस्बिरः दीपक केसी । 

१३ औँ सागको अन्तिम दिन काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू भएपछि साँझ घर फर्किने बेला सार्वजनिक बसको झ्यालबाटै छिर्दै यात्रु । तस्बिरः कबिन अधिकारी

पर्यटकीय नगरी पोखराको फेवा तालमा डुंगा सयरमा रमाउँदै पर्यटकहरु । तस्बिरः दीपक केसी

ललितपुरको गोदावरीमा आफ्नो बच्चालाई पछाडि बोकेर दाउराको भारी लिएर घर फर्कदै महिला । तस्बिरः प्रथम बिष्ट

भक्तपुरको ठिमीमा गुच्चा खेल्दै स्कुले बालक तथा युवा । तस्बिरः प्रथम बिष्ट


प्रकाशित : मंसिर २८, २०७६ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्