१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साहित्य महोत्सव : ओसिलो चउरमा झरिलो बहस [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — आठौं आईएमई नेपाल साहित्य महोत्सवको पहिलो दिन वर्षाले बिथोलेका पनि दोस्रो दिनका छलफल भने बाराही घाटमा भइरहेको छ । पोखराको आकाशलाई बादलले घेरेको छ, तर फेवा भने शान्त छ । शुक्रबार भने अविरल वर्षाका कारण घाट नजिकैको थाई ची रेस्टुरेन्टको हलमा भएको थियो ।

शनिबार 'लोकगीत कि लोकप्रियता ?', सपनाको सम्मान, 'दृष्टिदान' मा डा. सन्दुक रुइतसँग छलफल लगायतका कार्यक्रम हुनेछन् । शुक्रबार हुन नसकेका केही सत्रहरु पनि आज हुने आयोजकले जानकारी दिएको छ ।यस्तै आजको अन्तिम सत्रमा 'नेपाल नेक्सस : राजनीतिमा भूराजनीति' विषयमा सांसद गगन थापा, पत्रकार तथा लेखक सुधीर शर्माले विमर्श गर्नछन् जसको मोडरेटर यादव देवकोटा छन् ।पानीले लछ्रप्पै भिजेको चौरमा कार्यक्रम भइरहे पनि त्यसका कारण सहभागीको उत्साहमा भने कमी देखिएको छैन ।

प्रकाशित : मंसिर २८, २०७६ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्