१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सिमसिमे पानी परेपछि... [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, तस्बिर : केशव थापा

काठमाडौँ — काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा हल्का वर्षा र हिमपात भएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू-भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार उपत्यकासहित हुम्ला, डोल्पा, मुगु लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । 

उपत्यकामा सिमसिम पानीका कारण बढेको चिसोले बढेको छ । कान्तिपुरका फोटो पत्रकारहरुले खिचेका छन् । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । 

पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसम शनिबार बेलुकाबाट क्रमश सुधार हुँदै जाने बताइएको छ । आइतबार देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा शुक्रबार मध्याह्न वर्षात्‌को समयमा गन्तव्य लागिरहेका बटुवाहरुका केही तस्बिर 


प्रकाशित : मंसिर २७, २०७६ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्