१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

यसरी खेले सांसदले फुटबल [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — संसद् दिवसको अवसरमा मंगलबार सांसदहरुले सचिवालयका कर्मचारीहरुसँग मैत्रीपूर्ण फुटबल खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कर्मचारीहरुकाे टीमले सांसदहरुकाे टीमलाई ४ गोल ठाेक्यो । जवाफमा सा‌ंसदहरुकाे टीमले एक गाेल पनि फर्काउन सकेन । सांसद टीमको नेतृत्व राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए भने कर्मचारीको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गरेका थिए । सांसदको टिम हारे पनि खेल रोचक बनेको थियो । संसद् दिवस यही मंसिर २८ गते मनाइँदै छ । हेर्नुहोस् तस्बिरहरु


प्रकाशित : मंसिर २४, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्