सागको नवौं दिन तस्बिरमा हेर्नुहोस् 'गोल्डेन गर्ल' गौरिकालाई

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडी प्रतिस्पर्धाको पाँचौ दिन सोमबार १ सय मिटर फ्रि–स्टाइलमा १७ वर्षीया गौरिकाले स्वर्ण हात पारेसँगै दक्षिण एसियाली खेलकुदको एकै संस्करणमा ४ स्वर्ण प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । तर विभिन्न संस्करणमा गरी ४ स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्ट पनि हुन् ।

स्वर्ण जितेसँगै गौरिकाले हर्षाश्रु बगाइन् । गौरिकाले स्वर्ण प्राप्त गरे थाहा पाउने बित्तिकै बाबु आमाले एकअर्कालाई अँगालोमा समेत बाँधे । गौरिकालाई बाबु आमाले उनलाई चुम्बन् गर्दै खुसीयाली मनाए । हेर्नुहोस् तस्बिरहरु :


प्रकाशित : मंसिर २३, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्