तस्बिरमा हेर्नुहोस् माल्दिभ्सविरुद्ध नेपालको जित

तस्बिर : अंगद ढकाल

काठमाडौँ — १३औँ साग अन्तर्गत शनिबार भएको पुरुष फुटबल खेलमा नेपालले माल्दिभ्सलाई २-१ को गोल अन्तरले हरायो । नेपालको जितका लागि खेलको ४४ औं मिनेटमा अभिषेक रिजाल र ५०‍औँ मिनेटमा अनन्त तामाङले गोल गरे । माल्दिभ्सका इब्राहिम महुधी हुसैनले खेलको १७ औं मिनेटमा गोल गरेका थिए ।

ZenTravel


प्रकाशित : मंसिर २१, २०७६ १५:५४

Meroghar

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अन्तर्घात गर्नेलाई कारबाही हुन्छ : देउवा

माधव ढुंगाना

भैरहवा — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पाटीभित्र अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

पार्टीको सिद्धार्थनगर समितिको दोस्रो नगर भेला तथा साइकल/ह्विल चेयर वितरण समारोहमा सभापति देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन्।

‘पार्टीभित्रैबाट विद्रोही उम्मेदवार बन्ने, विद्रोही उमेदवारको प्रस्तावक र समर्थक बनेर पार्टीलाईगर्ने’ देउवाले भने, ‘यस्ता कार्यकर्तालाईकारबाही नगर्दासम्म पार्टीभित्र अन्तर्घातको खेल भविष्यसम्म रहिरहन्छ। यो पार्टीभित्रको डरलाग्दो रोग हो। यसलाई निर्मूल पार्नुपर्छ।’

पार्टीभित्रै बसिरहने र अन्तर्घात गरेर निर्वाचन हराउने प्रवृत्ति खतरनाक रहेको देउवाको भनाइ छ। हालै सम्पन्न उपनिर्वाचनको परिणामबारे २६ मंसिरमा बोलाइएको केन्द्रीय कार्यासमिति बैठकमा समिक्षा गरिने देउवाले बताए।

कांग्रेस सिद्धार्थनगर नगर समितिले नगरका पाँचजना अपांगलाई ह्विल चेयर र ४४ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरेको थियो।

प्रकाशित : मंसिर २१, २०७६ १५:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×