१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साइकल दौडिरह्यो, सर्वसाधारणले सडक वारपार गरिरहे

तस्बिर : दीपक केसी

काठमाडौँ — हामी सरकारलाई गाली गर्छौं, नेतालाई गाली गर्छौं, सरकारी कर्मचारीलाई गाली गर्छौं । उस्तै परे आफूबाहेक सबैलाई नीति, नियम मानेनन् भनेर गाली गर्छौं । हामी चाहिँ कत्ति नियम मान्छौं त ? सकेसम्म नियम मान्ने होइन नियम मिच्नतिर लाग्छौं । यस्तै दृश्य देखियो शुक्रबार कलंकी- कोटेश्वरको सडकमा ।

शुक्रबार बिहान ११ बजेबाट १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत साइक्लिङ भइरहेको थियो । त्यसको लागि सुरक्षाकर्मीहरु स्कर्टिङ गर्दै थिए प्रतिस्पर्धीहरुको । अनि सडकको दायाँबायाँ प्रहरी र ट्राफिक राखिएको थियो । ट्राफिक र प्रहरी राख्नुको कारण थियो- साइकल दौडको क्रममा अवरोध नआओस्, यात्रुले सडक वारपार नगरुन् भनेर । तर भइदियो उल्टो । साइकल दौडिरहेको थियो त्यहीबेला सर्वसाधारणहरु निर्धक्क सडक वारपार गरिरहे ।

सडक वारपार गरिरहँदा प्रहरीले सिट्ठी बजाएर रोक्न खोजे पनि उनीहरुले टेरेनन् । अझ रमाइलो त कोटेश्वरमा देखियो । चिनियाँ सरकारले बनाइदिएको त्यति ठूलो आकाशे पुल हुँदाहुँदै पनि सर्वसाधारण पुल मुनीबाट बाटो काटिरहेका थिए । कतिलाई त समाउन भन्दै प्रहरीले लखेटे पनि । तर साइक्लिङ भइरहँदा सर्वसाधारणले बाटो काट्न छाडेनन् । त्यसैले अरुलाई नियम मिच्यो मात्रै भन्ने की हामी पनि नियममा हिँड्ने ?

प्रकाशित : मंसिर २०, २०७६ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्