हेर्नुहोस् तस्बिरमा गढीमाई मेलाको रौनक

लक्ष्मी साह

बारा — एकैपटक धेरै बली दिइने मेलाको रुपमा चर्चित बाराको गढीमाई मेला भर्न आउने दर्शनार्थीहरुको घुँइचो लागेको छ । भोलि बली चढाउने दिन हो । भोलि बिहानैदेखि बली चढाउन सुरु हुने छ । प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाई -१ स्थित बरियारपुरमा रहेको लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लागेको छ ।

मेला मंसिर महिनाभरी चल्नेछ । बलीका लागि हजारौं बोका, राँगा र परेवा ल्याइएको छ । नेपाल मात्रै नभइ भारतबाट पनि बली दिन आउनेहरुको संख्या उल्लेख्य छ ।

प्रकाशित : मंसिर १६, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्