कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हेरौं, उप-चुनावका ९ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकभर शनिबार उपनिर्वाचन भइरहेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार बिहानैदेखि मतदान सुरु भएको हो । मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ । यद्यपि विभिन्न मतदान केन्द्रमा मतदान अन्तिम चरणमा पुगिसकेको निर्वाचन कार्यालयले जनाएका छन् । जिल्लाहरुमा भइरहेको निर्वाचनका केही तस्बिर हेर्नुहोस् ।

महोत्तरीको उपनिर्वाचनमा सहभागी हुन बयलगाडामा जाँदै मतदाताहरु । तस्बिर : सुनिता बराल

कोहलपुर नगरपालिका ६ को वडाध्यक्षका लागि भइरहेको निर्वाचनमा अपाङ्गता भएकाको पनि सहभागिता । तस्बिर : ठाकुरसिंह थारु

दाङको बबई गाउँपालिकाको चरकमटिया केन्द्रमा मतदान गर्दै मतदाताहरु । तस्बिर : दुर्गालाल केसी

रोल्पाको थबाङमा मतदान : तस्बिर सौजन्य – कांग्रेस रोल्पाका उपसभापति किशोर आचार्यको फेसबुकबाट

नवलपरासीमा मतदान गरेको हेर्दै । तस्बिर : नारायण शर्मा

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ८ मा वडाध्यक्ष पदको मतदानमा सहभागीको लाम । तस्बिर : अनिश तिवारी

सुन्दरबजार २ लमजुङमा भएको निर्वाचनमा सहभागीहरु । तस्बिर : आस गुरुङ

रौतहटमा निर्वाचनमा सहभागी । तस्बिर : शिव पुरी

प्रकाशित : मंसिर १४, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्