हिउँले सेताम्य हुम्ला

छपाल लामा

सिमकोट — हुम्ला सदरमुकाम सिमकोटमा बिहीबार रातिदेखि हिपमात जारी छ । शुक्रबार बेलुकी ४ बजेसम्म आधा फिट हिउँ परेको छ । छिनछिनमा हिउँ पग्लिने र थपिने गरेको छ ।

ZenTravel


प्रकाशित : मंसिर १३, २०७६ १६:३४

यो वर्षकै पहिलो हिमपात हो । सिमकोट क्षेत्रमा बिहीबार दिनभर हावा चलेको थियो । राति ८ बजेपछि हिउँ पर्न थालेको हो । अघिल्ला वर्ष पानी परे पछि मात्रै हिउँ पर्ने गरेको थियो । हिमपातका कारण विद्यालय, यातायात बन्द छन् । गाडी, जहाज र खच्चर समेत चल्न पाएका छैनन् ।

हिउँले किसान खुसी भए पनि विद्यार्थी भने निराश बनेका छन् । मंसिर २७ देखि हुम्लामा माध्यमिक तहको वार्षिक परीक्षा हुँदैछ । परीक्षा तयारीको मुखमा हिमपातले उनीहरुको पढाइ प्रभावित बनेको छ ।

Meroghar

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उपनिर्वाचनको रौनक : यस्ता छन् मतदानस्थल [तस्बिरहरु]

लालप्रसाद शर्मा

पोखरा — प्रतिनिधिसभा सदस्यका लागि शनिबार उपनिर्वाचन हुने कास्की निर्वाचन क्षेत्र नम्बर–२ एउटै क्षेत्र हो । पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता छन् । मतदानका लागि ३२ मतदानस्थलमा ८२ मतदान केन्द्र तोकिएको छ । ४१० सरकारी कर्मचारी, ३२८ स्वयंसेवक र एकहजार बढी सुरक्षाकर्मी खटिइसकेका छन् । अहिले कास्कीको सुरक्षा व्यवस्था कडा पारिएको छ । हेर्नुहोस् तस्बिरहरु :


प्रकाशित : मंसिर १३, २०७६ १६:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×