राष्ट्रपति भण्डारी जनकपुरमा [तस्बिरहरु]

सन्तोष सिंह

(जनकपुर) — राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहमा सहभागी भएकी छन् । महोत्सवमा आएकी राष्ट्रपति भण्डारी जानकी मन्दिरमा विशेष पूजासमेत गरेकी छिन् । जानकी मन्दिरको पूजापछि भण्डारी प्रदेश सरकारले आयोजना गरेको भोजमा सहभागी हुनेछिन्। विवाह महोत्सवअन्तर्गत जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा तिलक समारोह आयोजना गरिएको छ।

ZenTravel

प्रकाशित : मंसिर १३, २०७६ १३:०१

राष्ट्रपति भण्डारी समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीले रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्ने कार्यक्रम छ। भण्डारीलाई जनकपुरका कलाकाहरुले जानकी लिला देखाउने छन्।राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि सहभागी छन् ।

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

परराष्ट्रमन्त्री स्वदेश फिर्ता

रासस

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन् । स्वदेश फर्कने क्रममा शुक्रबार बिहान उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणका क्रममा दुवै देशका समकक्षीसँग भेटवार्ता भएको र सो अवसरमा द्विपक्षीय आपसी हित तथा  साझा चासोका विषयमा विचार विमर्श भएको जानकारी दिए । 

उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवाली नेपालले आगामी चैत २१ र २२ गते आयोजना गर्ने विश्वस्तरको संवाद मञ्च सगरमाथा संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, पर्वतीय पर्यावरण र मानव जातिको भविष्य’ शीर्षकमा बौद्धिक बहस हुने जानकारी दिँदै त्यसमा सक्रिय सहभागिताका निम्ति आग्रह गरेका थिए।

रुसका परराष्ट्रमन्त्रीसँगको औपचारिक छलफलमा पर्यटन, कृषि र जलविद्युत् क्षेत्रमा रुसको लगानी तथा सहयोगबारे चर्चा भएको र रुस नेपालको विकासमा सहयोग गर्न तयार रहेको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पनि मन्त्री ज्ञवालीले रुसी प्रधानमन्त्रीलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए।

उनले आफ्ना रुसी समकक्षीलाई पनि नेपाल भ्रमणका निम्ति निम्तो दिएको जानकारी गराए। रुसमा रहँदा परराष्ट्रमन्त्री ज्ञवाली गैरआवासीय नेपाली सङ्घ रुस र नेपाल रुसमैत्री समाजको कार्यक्रममा पनि सहभागी भएका थिए। परराष्ट्रमन्त्री ज्ञवाली गत शनिबार रुसी महासङ्घको राजधानी मस्कोतर्फ प्रस्थान गरेका थिए। उनका साथ परराष्ट्रसचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए।

प्रकाशित : मंसिर १३, २०७६ १२:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×