१३‍औं साग खेलकुदको 'टर्च र्‍याली' सुरु [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं १३ औं दक्षिण एसियाली खेलकुद कार्यकारी समितिका संयोजक रमेशकुमार सिलवालले स्वयम्भू मन्दिर परिसरबाटमा शुक्रबार बिहान ८ बजे ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्‍याली सुरु भएको छ । 

त्यसपछि प्रदेश १ को राजधानी विराटनगरबाट टर्च र्‍याली सुरु हुनेछ । जनकपुर, हेटौंडा, बुटवल, सुर्खेत, धनगढी र पोखरा हुँदै र्‍याली काठमाडौं आउने तालिका छ ।

र्‍यालीमा १३ जना खेलाडीहरु समावेस छन् । खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी कराँतेका दीपक श्रेष्ठबाहेक १२ ओलम्पियन खेलाडी छन् । ओलम्पियनमा तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सकै राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ छन् ।


प्रकाशित : मंसिर ६, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्