कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

साताका उत्कृष्ट ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता कान्तिपुरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद, भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समावेश गरेपछि राजधानीमा गरिएको विरोध प्रदर्शन लगायतका तस्बिरहरु प्रकाशित भए । यस्तै, कृष्णलीलामा आधारित कात्ती प्याँख (कात्तिक नाच), बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्टर जोन भलिबल प्रतियोगिताको उपाधि जितेर फर्किएको नेपाली महिला टोलीकी कप्तान अरुणा शाही, पूर्व भारतीय स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट खेलेको तस्बिरहरु पनि रचाइए ।

बंगलादेशमा सम्पन्न एभीसी एसियन सेन्टर जोन भलिबलको उपाधि जितेर फर्केने क्रममा नेपालकी राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही ट्रफीको साथमा । तस्बिरः हेमन्त श्रेष्ठ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले नेपाली भूभाग कालापानी र लिपुलेक भारतले आफ्नो नक्सामा राखेपछि त्यसको विरोधमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि भाग्दै सहभागी विद्यार्थीहरु । तस्बिरः दिपक केसी ।

नेपालको चारदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिरः अंगद ढकाल

कन्चनपुरबाट घर भई हाल किर्तिपुरस्थित इँटाभट्टामा काम गर्ने झालु चौधरी (अगाडी) र भुकलाल चौधरी फुर्सदको समयमा मोबाइल चलाउँदै । उनीहरु दैनिक १० घण्टा काम गरे बापत एक हजार पारिश्रमिक पाउने बताउँछन् । तस्बिरः अनिश रेग्मी ।

कृष्णलीलामा आधारित कात्ती प्याँख (कात्तिक नाच) को आइतबार राति नरसिंह नृत्य प्रस्तुत गर्दै । तस्बिरः इलिट जोशी/कान्तिपुर

बसन्तपुरमा सेल्फि खिच्दै महिलाहरु । तस्बिरः संजोग मानन्धर ।

प्रकाशित : कार्तिक ३०, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्