साताका ७ उत्कृष्ट तस्बिर 

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता कान्तिपुरमा उदाँउदो सूर्यलाई अर्घ दिएको,भारतीय नक्साको विरोधमा विद्यार्थीहरुको प्रदर्शन लगायतका तस्बिरहरुले प्राथमिकतामा पाए । जुन तस्बिरहरु रुचाइए ।त्यस्तै सिटी नेटको बैठकको अवसरमा बातिले रंगीचंगी बनेको पाटन दरबार परिसर,सागको तयारीका लागि निर्माणाधीन भवनका तस्बिरहरु पनि रुचाइए । 

काठमाडौंको गुहेश्वरीमा उदाउँदो सूर्यलाई अर्घ दिँइदै । उदाँउदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएको छ । तस्बिरः इलिट जोशी

शहरहरुको सन्जाल (सिटी नेट)को  ३८ औँ कार्यसमिती बैठकको अवसरमा बालिएको बातिले रंगीचंगी भएको पाटन दरबार परिसर । तस्बिरः सन्जोग मानन्धर  

झापाको एक पोखरीमा आफ्नो आहार कुर्दै एक बकुल्ला । तस्बिरःहेमन्त श्रेष्ठ

ललितपुरको टिकाथलीस्थित गोदावरी खोलामा लुगा धुँदै स्थानीय । खोलाको पानी फोहर नै भएपनि स्थानीयहरु सार्वजनिक बिदाको दिन नुहाउने र लुगा धुने गर्दछन् । तस्बिरः अंगद ढकाल

ललितपुरको छम्पीबाट देखिएको धान खेतमा पाकेको धानको मनोरन दृश्य । तस्बिरः अनिश रेग्मी । 

ललितपुरको सातदोबाटोस्थित इन्डोर पौडी पोखरीको राति स्लो सटरमा खिचिएको निर्माणको काम ।  सागको लागि तयारी गर्न लागिएको सो पौडी पोखरीको पूर्वाधार निर्माणको काम हालसम्म पनि सकिएको छैन । तस्बिरः हेमन्त श्रेष्ठ 


प्रकाशित : कार्तिक २३, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्