टुँडिखेल अतिक्रमण रोक्न दबाब दिँदै मानव साङ्लो [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर, तस्बिर : दीपक केसी

काठमाडौँ — अतिक्रमणको चपेटामा परेपछि खुला राख्न दबाब दिँदै शनिबार टुँडिखेल मानव साङ्लोले घेराउ गरिएको छ । अकुपाई टुँडिखेल अभियानको नेतृत्वमा बिहान मानव साङ्लोले टुँडिखेल घेरिएको हो । विरोध कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भीमसेनदास प्रधान, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, नागरिक अगुवा, सर्वसाधरणको सहभागिता थियो ।

विश्व स्वतन्त्रता दिवसको अवसरमा टुँडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम गरिएको अभियन्ता आलोकसिद्धि तुलाधरले बताए । खुलामञ्चमा अस्थायी बसपार्क छ भने अनधिकृत पसलहरू सञ्चालनमा छन् । यहीँ निर्माण सामग्री राखिएको छ, कामदारको अस्थायी बसोबास छ । नेपाली सेनाले विभिन्न भौतिक संरचना पनि टुँडिखेल क्षेत्रभित्रै विस्तार गरिरहेको छ ।

प्रकाशित : कार्तिक २३, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्