कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

भारतीय दूतावास अगाडि सत्तारुढ विद्यार्थीको विरोध

तस्बिर : इलिट जोशी

काठमाडौँ — भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । लैनचौरस्थित भारतीय दूतावास अगाडि सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार बिहान विरोध प्रदर्शन गरेको हो । विरोधका क्रममा विद्यार्थीले भारतको नक्सा जलाएका थिए भने लिपुलेक हाम्रो हो भन्दै नारा लगाएका थिए ।

प्रकाशित : कार्तिक २२, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्