१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठको बिदाइ [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — उषाकालीन सूर्यलाई अर्घ दिई ४ दिवसीय छठ महापर्व आइतबार सम्पन्न भएको छ । झन्डै ३६ घण्टादेखि निराहार व्रतालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी तथा सूर्य कथा सुनेर अन्नजल ग्रहण गर्छन् ।गत बिहीबार नहाय–खायसँगै पर्व सुरु भएको हो । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँका नदी, ताल, पोखरीमा हजारौं श्रद्धालु बिहानैदेखि भेला भएका थिए । व्रतालुसँगै अन्य श्रद्धालुले पनि उदाउँदो सूर्यलाई नमस्कार गरी प्रसाद ग्रहण गरे । यो पर्व निष्ठा पूर्वक मनाइने भएकाले युवालाई अनुशासनमा बाँध्न सहयोग पुर्‍याएको स्थानीय बताउँछन् । सुस्वास्थ्य, दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिन छठ मान्ने चलन छ । उदाउँदो सूर्यलाई अर्घ दिँदै गर्दा काठमाडौंका गुहेश्वरी र थापाथली नदी परिसरमा इलिट जोशी र दिपक केसीले लिएका तस्बिरहरु :


प्रकाशित : कार्तिक १७, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्