कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कुवेतसँगको खेलअघि दशरथ रंगशालाको फ्लडलाइट परीक्षण [तस्बिरहरु]

कुशल तिमल्सिना, तस्बिर : केशव थापा

काठमाडौँ — देशकै एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला भूकम्पपछि पुनर्निर्माणको क्रममा छ । यही रंगशालामा मंसिर ३ गते विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत नेपाल र कुवेतबीच फुटबल खेल हुँदैछ ।

२०७२ बैशाख १२ पछि दशरथ रंगशालामा पहिलोपल्ट खेल आयोजना हुन लागेको हो । खेलको पूर्व तयारीअनुसार शुक्रबार रंगशालाको फ्लडलाइट परीक्षण भएको छ ।

भूकम्पले लाइट क्षति पुर्‍याएको थियो भने रंगशाला परिसरमा रहेको ट्रान्समिटरसमेत चोरी भएको थियो । चीन सरकारको सहयोगमा रंगशालामा रहेका चार फ्लडलाइटको परीक्षण गरिएको हो ।

यही रंगशालामा मंसिर १५ गतेदेखि २४ गतेसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन र समापन हुनेछ । त्यस्तै फुटबल, एथ्लेटिक्सका खेल यहीँ आयोजना हुनेछन् ।

प्रतियोगिता सुरु हुन १ महिनाभन्दा कम समय बाँकी छँदासमेत रंगशाला पुनर्निर्माण सम्पन्न हुन नसक्नुलाई चिन्ताको विषयका रुपमा लिइएको छ । अन्य काम सम्पन्न हुनै लाग्दा रंगशालाको भीआईपी प्यारापिटमा छानो हाल्ने काम सुरु भएकै छैन ।

प्रकाशित : कार्तिक १५, २०७६ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्