ब्रतालुले थाले छठ पर्व

जितेन्द्र साह

विराटनगर — तराई–मधेसलगायत मुलुक भर छरिएर रहेका ब्रतालुले बिहीबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि लौकाको तरकारी, अरुवा चामलको भात र दाललगायतका परिकार समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी सूर्य आराधनाको महापर्व छठ सुरु गरेका छन् । योसँगै ब्रतालु एवं परिवारजनलाई पूजाकालागि सामग्री किनमेल र घाट भनिने जलासय किनारलाई झकिझकाउ पार्ने चटारो छ ।


प्रकाशित : कार्तिक १४, २०७६ १४:२६

पहिलो दिनको ‘नहा खा’ विधिपछि उनीहरु दोस्रो दिन साँझसम्म उपवास बस्छन् । घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले कठिन उपवाससहित चार दिनसम्म यो पर्व मनाउँछन । यो पर्वमा परिवारका पुरुषको सहायक भूमिका हुन्छ । अथाह आस्थाकासाथ प्राचीनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणकालागि छठ पूजा गरिंदै आइएको छ । यो पूर्णतया शाकाहारी पर्वकालागि ब्रतालु एवं परिवारजनले दसैं सकिए लगत्तै माछामासु खान छोड्छन् ।

ब्रतालुले नै पूजारीको भूमिका निर्वाह गर्ने सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय किनारसम्म दिपावली झैं माहोल हुन्छ । यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबीचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो यो । सबै जाति, धर्म, वर्ग र लिंगकाले पूजा गर्न सक्ने हुनाले यो सामाजिक सदभावको अदभुत धार्मिक एवं सांस्कृतिक उत्सव हो । ‘नहा खा’ विधि लगतै सुरु हुने उपवासपछि ब्रतालु दोस्रो दिन शुक्रबार साँझ चोख्याइएको एक कोठाभित्र खिर, पुरी र केरालगायतका मिठो पकवान केराको पातमा फिजाएर ईश्वरको आराधना गर्छन् । ‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले ब्रतालुले प्रसाद ग्रहण गर्छन् । त्यसपछि पुजन स्थल वरिपरि प्रसादको प्रतिक्षामा रहेका परिवारजन एवं छरछिमेकलाई बाँडछन् ।घरभित्रै दुई दिने आन्तरिक विधिपछि शनिबार साँझ (सझिया घाट) र आइतबार बिहान (भोरका घाट) दिपावली झैं झिलिमिली पारिएको जलासय किनारमा ठेकुवा, भुसुवा, नरिवल तथा भोगटेलगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अर्घ्य दिएपछि यो पर्वको यस वर्ष समापन हुन्छ । पूजा गर्ने मुख्य उपासकले पानीमा उभेर साँझ अस्ताइरहेको र बिहान उदाइरहेको सूर्यलाई प्रसादसहित दुध एवं जलको अर्घ्य दिन्छन् । मुख्य ब्रतालुले झैं धर्म हुने लोक आस्थाका कारण परिवारजन, छरछिमेक एवं दर्शथार्नीले पनि अर्घ्य दिन्छन् ।छठ नसकुन्जेल ब्रतालुले घरमा समेत दिपावली गर्छन् । छठ मातालाई दूर्गा एवं लक्ष्मीकै रुपमा समेत संझिदै दसैं एवं तिहार समेत तराई–मधेसवासीले छठको लोक गीत गाउँछन, अनि बजाउँछन् ।

सम्पूर्ण पुजन विधि चलिरहँदा छठका मधुर लोक गीत गुञ्जि राखेको हुन्छ । बिहानको अन्तिम अर्घ्यपछि छठ महिमाको कथा वाचन र त्यसपछि घाटदेखि घरसम्म प्रसाद वितरणको क्रम सुरु हुन्छ । लगातार चौथो दिनसम्म ब्रतालुको उपवास जारी रहने हुनाले यसलाई कठिन व्रत मानिन्छ । परम्परा अनुसार घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन् । नसक्ने भएपछि वरियता क्रममा परिवारका अन्य सक्षम सदस्यलाई पूजाको जिम्मेबारी दिइन्छ । पुस्तौंसम्म यो क्रम चलिरहन्छ । घरमा कुनै अप्रिय घटना भएमा वा कसैको मृत्यु भएमा यो पर्व गरिन्न । अर्को वर्ष फेरि गर्दा दोब्बर पुजन सामग्रीसहित धार्मिक विधि सुरु गर्नुपर्छ । यो गरिबदेखि धनीसम्मले मनाउँने बहुजातीय एवं बहुसाँस्कृतिक पर्व हो । नसक्नेले मागेर पनि गर्छन् । भाकलअनुरुप सम्पन्नले पनि भिक्षा माग्ने परम्परा छ । दलित डुम एवं आदिवासीद्वारा निर्मित बाँसको ढाकी र नांग्लोमा पूजा गरिने हुनाले यसलाई समानताको पर्व पनि मानिन्छ । दलित डुम समुदायले पनि विधिवत यो पूजा गर्छन् । यो सामुदायिक एवं सामूहिक पवर्मा घरमा ठेकुवा एवं भुसुवालगायतका प्रसाद तयार गर्नुदेखि घाटमा अर्घ्य दिने बेलासम्म परिवारजन एवं छरछिमेकले सहयोग गर्छन् । आफैले गर्न नसक्नेले आफन्त वा चिनेका ब्रतालु परिवारलाई सामग्री किनेर दिइ पूजा गराउँछन् । ठूलो परिमाणमा पूजा सामग्रीको बन्दोबस्ती गर्नुपर्ने भएकाले दसैंतिहारदेखि तराईमा छठको किनमेल एवं तयारीमा जुट्छन् । तिहार समापनको लगतै स्थानीय निकाय एवं भक्तजनद्वारा जलासय किनारमा सरसफाइ सुरु हुन्छ । स्थानीय हाट, चोक र बजारमा छठ सामग्री किन्नेको घुइचो हुन्छ । बर्षेनी ब्रतालुको संख्यामा वृद्धिसँगै पूजा सामग्रीको बढ्दो मागले पर्व नजिकिंदै जाँदा मूल्य बढ्ने एवं अभाव भइदिनाले ब्रतालुले धेरै पहिलादेखि किनमेल थाल्छन् ।यो पर्वको मुख्य पूजाको एकदुई दिन अगावै किनिने काँचो फलफूल एवं तरकारी बाहेक ठेकुवा एवं भुसुवाकालागि चाहिने अन्न, पिठो, चामल, चिनी, घिउ र सख्खरको भक्तजनले धेरै दिन अगाडि नै जोहो गर्छन् । पर्वको अन्तिम दुई दिन जलासय किनार छेउमा भक्तजन एवं आगन्तुक ओइरिन्छन् । भिडभाड मन नपराउनेले घर वरिपरिको पोखरीलाई साजसज्जा गरी वा घरमै कृत्रिम पोखरी बनाएर पनि सूर्यलाई अर्घ्य दिएर छठ पूजा गर्छन् । विश्वभरीका लगभग हरेक सभ्यता, जाती, धर्म र समुदायले विभिन्न नाम र आ–आफ्नै ढंगले सूर्यको उपासना गर्छन् ।

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कैदीबीच विवाद हुँदा नेपालगन्ज कारागार तनावग्रस्त

मधु शाही

(बाँके) — नेपालगन्जस्थित कारागारमा बुधबार कैदीहरुबीच विवाद भएपछि तनावग्रस्त बनेको छ । कारागार तनावग्रस्त भएपछि सो घटनाबारे अनुगमन गर्न पुगेका मानव अधिकारकर्मी, कानुनी व्यवसायी, नागरिक समाज, पत्रकारलाई समेत कारागार प्रशासनले भित्र प्रवेश गर्न रोक लगाएको छ ।

जेलमा रहेका कैदीलाई खान पुर्‍याउन आउनेहरुलाई समेत गेटबाटै फिर्ता गरिएको छ ।

विवाद किन भएको हो ? यसबारे कारागार प्रशासनले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । कारागार प्रमुख बिदामा छन् भन्दै उनी आएपछि मात्रै जानकारी हुने बताउँदै त्यहाँ तैनाथ प्रहरीले मुल गेटबाटै आगन्तुकहरुलाई र्फिता गरेका छन् ।

नेपाल बार एसोसिएसन बाँकेका अध्यक्ष विकास आर्चायले घटना लुकाउन खोज्नु न्याय संगत नरहेको बताए । मानव अधिकार आयोग प्रदेश ५ नेपालगन्ज शाखाका अधिकृत बसन्त अर्यालले धेरै अनुरोध पछि निमित्त प्रमुख बखत थापालाई भेटेको बताए । बखतले जानकारी दिए अनुसार बर्दियाबाट आएका नाइकेले यहाँ पनि उस्तै सेवा सुविधा पाउनु पर्छ भन्ने माग राख्दा चौकिदारसँग विवाद सिर्जना भएको बताए ।

‘नाइके र चौकिदार नियुक्ति गर्दा चलखेल गरेर १५ लाख खायो भन्दै बर्दियाबाट आएको नाइके समुहले आरोप लगाएको रहेछ,’ बसन्तले भने, ‘तर, चौकिदार र नाइके कसैलाई भेट्न दिएनन् ।’

प्रकाशित : कार्तिक १४, २०७६ १४:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT