कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

माछा मार्ने जात्रा

प्रताप रानामगर

दमौली — तनहुँको भिमादको मालेबगरमा बर्सेनि माछा मार्ने जात्रा लाग्छ । चार दशकदेखि वर्षको एकपटक माछा मार्ने जात्रा लाग्छ । धान पाकेपछि माछा मार्ने जात्रा लाग्ने गरेको मालेबगर सिँचाई जलउपभोत्ता समितिका अध्यक्ष चन्द्रकान्त भुजेलले बताए । 

‘कार्तिकमा धान पाक्छ,’ उनले भने, ‘यही समयमा माछा मार्ने जात्रा लाग्ने गरेको छ ।’उपभोक्ताको भेला बसी वर्षभरीको समीक्षा गरिन्छ । जात्रा सकिएपछि धान काट्ने उनले बताए । सिँचाई आयोजनाको मूल र सहायक कुलोमा पानी सुकाउने गरिन्छ । कुलो सुकाए पछि माछा मार्ने जात्रा सुरु हुन्छ । गाउँघरदेखि सहर बजारबाट जात्रामा माछा मार्न आउने गरेको उनले बताए ।

थकौली, ढदियाँ, डोको, र जालको प्रयोग गरी माछा मार्ने गरिन्छ । बुदुवा खोला र कुलोमा माछा मार्नेको भीड लाग्ने गरेको छ । दुईदेखि तीन सयसम्म मान्छे खोला र कुलोमा माछा मार्ने आउने गरेका छन् । जात्रामा माछा मार्दा भने कुनै शुल्क लाग्दैन । 

३ दिनसम्म माछा मार्ने जात्रा लाग्ने गर्छ । जात्रामा बर्सेनि माछा मार्न आएको भिमाद-३ माझकोटका तुलबहादुर थापाले बताए । तर, पहिलेको वर्षमा जस्तो माछा पाइँदैन अचेल । करेन्ट र फिनेलका कारण माछा नपाएको उनको गुनासो छ । खोला र कुलो माछा स्वादिलो हुन्छ । 

यस खोलामा विशेषगरी भोटी, बाम, भित्ते जातका माछा पाइन्छ । स्थानीय जातका माछा भएकाले व्यापारी जात्रास्थलमा नै आइपुग्छन् । सेर्का, माझकोट, आम्डाँडा, मिछुर्लुङ्ग, खेक्रेटार, मालेबगर, भिमाद, छाङ्गपाटन लगायत ठाउँबाट जात्रामा माछा मार्ने आउने गरेको उनले बताए । 

प्रकाशित : कार्तिक १३, २०७६ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्