नेपाल संवत्को भव्य स्वागत [फोटोफिचर]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — नव वर्ष नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ । यो संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।

प्रकाशित : कार्तिक १२, २०७६ १८:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बल्खुमा मदन–आश्रितकाे सम्झना

तस्बिर : बिजु महर्जन

काठमाडौँ — २६ औं मदन आश्रित स्मृति दिवस शुक्रबार तत्कालीन एमालेकाे पार्टी कार्यालय रहेकाे बल्खुमा मनाइएकाे छ । मदन भण्डारी र जीवराज आश्रितकाे स्मृतिमा हरेक वर्ष जेठ ३ गते सभा आयाेजना गरिदै आएकाे छ । स्मृति दिवसमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत नेता कार्यकर्ता उपस्थित छन् ।

प्रकाशित : जेष्ठ ३, २०७६ १२:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×