कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

केरूङमा दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सव सुरु

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — जिलोङ काउन्टीको केरूङमा आइतबारदेखि दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ । महोत्सव स्थानीय सरकार जिलोङ काउन्टीले आयोजना गरेको हो ।

अक्टोबर २० बाट सुरु भएको महोत्सव एक हप्ता सम्म चल्नेछ । रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एशिया प्रवेश गर्ने मूलद्वार मानेको छ । त्यसैले केरुङलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन, व्यापार व्यवसाय बढाउन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सीमा व्यापार तथा पर्यटन महोत्सवको आयोजना गरिएको जिलोङ काउन्टिका मजिस्ट्रेड हु हुङले बताए ।

जिलोङ काउन्टिका स्थायी कमिटी सदस्य पाचु, जिलोङ काउन्टिका मजिस्ट्रेड हु हुङ, रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी लगायतकाले आइतबार साँझ संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए ।

प्रकाशित : कार्तिक ५, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्