एनआरएनएको निर्वाचनस्थलमा देखियो रौनक [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयन भएपछि चाबहिलस्थित हायात होटल परिसरमा निकै रौनकता छाएको छ । अध्यक्षमा कुमार पन्त विजयी बनेपछि उनका आफन्त, समर्थक पञ्चेबाजासहित विजय जुलुस मनाइरहेका छन् । विजय पन्तलाई काँध बोकेर नाचगान र नारा घन्काइएको छ । मंगलबार सुरु निर्वाचन केही बिलम्ब भएर शुक्रबार बिहान परिणाम आएको हो । बिहीबार सकिने निर्वाचनमा विद्युतीय भोटिङ मेसिङमा गडबडी आएको भन्दै फेरि मतपत्रका आधारमा मतदान भएको थियो । विजय जुलुसका केही तस्बिरहरु

प्रकाशित : कार्तिक १, २०७६ १४:४२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्त भन्छन्, 'नेपालमा कम्तीमा १० अर्ब लगानी भित्र्याउँछौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले सरकारसँग भएको समझदारीअनुसार नेपालमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउन आफू लागीपर्ने बताएका छन् । 

अध्यक्षमा निर्वाचित भएपछि होटल हायात परिसरमा सञ्चारकर्मी र समर्थकमाझ प्रतिक्रिया जनाउँदै अध्यक्ष पन्तले १० अर्ब लगानी भित्र्याउने प्रतिबद्धता पूरा गर्ने जनाए । एनआरएनएसँग नेपाल सरकारको ठूलो आशा र अपेक्षा रहेको उल्लेख गर्दै उनले त्यसलाई पूरा गर्ने बताए ।

आफ्नो जित सबै एनआरएनएको भन्दै पन्तले निर्वाचनमा पराजित सबैलाई एकताबद्ध गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे । एनआरएनएलाई राजनीतिकरण गर्न खोजिएकोमा भन्दै त्यसबाट मुक्त गराउने उनको भनाइ थियो ।

प्रकाशित : कार्तिक १, २०७६ १४:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT