कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

म्यानमारमा राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ (तस्बिरहरु )

रासस/एपी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमारको चारदिने राजकीय भ्रमणमा छिन् । म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा उनी त्यसतर्फ गएकी हुन् । राष्ट्रपति भण्डारीलाई प्रेसिडेन्सियल हाउस परिसरमा म्यानमारको सेनाले सम्मान गारद (‘गार्ड अफ अनर’) अर्पण गरेको थियो । राष्ट्रपति भण्डारी र समकक्षी विनबीच बिहीबार नै प्रेसिडेन्सियल हाउसमा भेटवार्ता सम्पन्न भएको छ ।

राष्ट्रपति भण्डारी बुधबार साँझ म्यानमारको राजधानी नेपित पुगेकी हुन् । यस्तै, म्यानमारका स्टेट काउन्सिलर आङ सान सुचीको उपस्थितिमा बिहीबार दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । म्यानमारको राजधानी नेपितस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो।राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन्।

प्रकाशित : आश्विन ३०, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्