कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

जहाँ रोट चढाइन्छ (तस्बिरहरु)

मनोज पौडेल

पाल्पा — पाल्पास्थित प्रसिद्ध भैरवनाथ मन्दिरमा रोट चढाइन्छ । सदरमुकाम तानसेनबाट करिब ९ किमि पश्चिममा मन्दिर रहेको छ । रिब्दीकोट गाउँपालिका अर्न्तगत पहाडको टुप्पोमा रहेको मन्दिरमा स्वदेश तथा विदेशबाट दर्शनार्थी र भक्तजन पूजाआजा गर्न पुग्छन् ।

भैरवको मन्दिरमा त्रिशुल तथा रोटी चढाएर पूजा गर्न दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गरेको छ । खासगरी दसैंको बेला, मंसिर तथा बैशाखमा धेरै संख्यामा दर्शनार्थीहरु आउने गरेको स्थानीयले बताए । १४६५ मा पाल्पाका राजा मुकुन्द शेनले भैरवस्थलमा मन्दिर निर्माण गरेको जनश्रुती छ ।

भैरव मन्दिरको मुख्य विशेषता मध्ये यहाँ चढाइने रोटी पनि हो । एक माना वा एक पाथी चामलको पिठोबाट बनेको रोटी चढाइने गरिएको छ । पिठोमा नरिवल, किसमिस, छोकडा, ल्वाङ र सुकुमेल जस्ता मसाला मिसाएर घिउमा पकाउने गरिन्छ ।

यसरी बनाएको रोटी बटुक भैरव तथा देवीलाई चढाउने प्रचलन रहेको छ । भैरवको पूजा गर्न जाने दर्शनार्थीले आफना मनोकांक्षा पूरा हुने विश्वास छ । त्यही भएर गच्छे अनुसारका रोटी बनाएर चढाउने गरिएको छ ।

मन्दिरको आसपासमा स्थानीयहरुले यस्ता रोटी पकाउने पसल नै खोलेर जीविकोपार्जन समेत गर्दै आइरहेका छन् । तलबाट सिँढी चढ्दै मन्दिरसम्म पुग्दा ठाउँठाउँमा रोटी पसल छ । पसललाई रोट घर भन्ने गरिएको छ ।

प्रकाशित : आश्विन २८, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्