३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

'अनौपचारिक पत्रकार सम्मेलन' मा पारसका ७ पोज

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट मंगलबार राजीनामा दिएका छन् । उनले सुरुमा पत्रकारहरुलाई इमेल मार्फत् विज्ञप्ति पठाएर पछि आफैंले समाजिक सञ्जाल मार्फत् राजीनामा दिएको जानकारी गराए । मंगलबार क्विस इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको वुमेन्स च्याम्पियसन्स लिगको ट्रफी सार्वजनिक कार्यक्रममा उपस्थित भएका पारसलाई पत्रकारले घेरेर आधिकारिक भनाइ माग गरेका थिए ।

उनले त्यही कार्यक्रममा आफूले औपचारिक पत्रकार सम्मेलन नगर्ने र ट्रफी सार्वजनिक कार्यक्रममा पत्रकार 'भेटेर' कुरा गरेको प्रतिक्रिया दिए । उनी मञ्चमा गएर बोल्न चाहेनन् । ट्रफी सार्वजनिक कार्यक्रमको एक कुनामा बसेर उनले पत्रकारहरुको प्रश्नको जवाफ दिए ।

प्रकाशित : आश्विन २८, २०७६ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्