सुक्न थाले तीनकुनेका विरुवा

तस्बिर : अंगद ढकाल

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि रातारात हरियाली बनाइएको तीनकुनेमा विरुवा सुक्न थालेका छन् । २५ र २६ गते हुने सीको राजकीय भ्रमणका लागि तीनकुनेमा खाली जग्गाको डिल उकासेर दुबो र विरुवा रोपिएको थियो । महानगरपालिकाले तीनदिन पानी हालेपनि २६ र २७ गते पानी नहालिएको स्थानीय बताउँछन् । हेरौं सी स्वदेश उडेको भोलिपल्टै सुकेका तीनकुनेका विरुवा :

प्रकाशित : आश्विन २७, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्