१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

त्रिभुवन विमानस्थलबाट यसरी कारकेडमा गए चिनियाँ राष्ट्रपति सी

तस्बिर : इलिट जोशी, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ त्रिभुवन विमानस्थलबाट सोल्टी होटल प्रस्थान गरेका छन् । उनी एयर चाइनाका २ वटा विमानबाट ल्याइएका कारकेड र बुलेटप्रुफ कारको सुरक्षा घेरामा रहँदै सोल्टी गएका हुन्। सी शनिबार अपरान्ह पौने ५ बजे काठमाडौं ओर्लिएका थिए ।

ओर्लिएपछि समकक्षी सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी थिइन् । विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।

नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।

विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

प्रकाशित : आश्विन २५, २०७६ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्