सीको स्वागत गर्न यसरी हुँदै छ तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उनी सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौं महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारीलाई अन्तिम रुप दिएका हुन् ।

सडकको दायाँबायाँमा सुरक्षाकर्मी तैनाथ गरिनाका साथै दुवै देशको झण्डा लिएर राष्ट्रसेवक कर्मचारी, युवा, विद्यार्थीलगायत सर्वसाधारण राष्ट्रपति सिको स्वागतका लागि प्रतिक्षारत छन् । उनीहरुले सीको सवारीमार्गमा कर्तल ध्वनिका साथ स्वागत गर्नेछन् ।

धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएको छ । राष्ट्रपति सी त्रिभुवन विमानस्थलदेखि होटेल सोल्टीमा ‘कार्केड’बाट जाने भएकाले ठाउँठाउँमा स्वागत ब्यानर र विभिन्न आकर्षक तस्बिर सजाइएको छ ।


प्रकाशित : आश्विन २५, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्