१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नेपाल-अस्ट्रेलिया फुटबल भिडन्त [तस्बिरहरु]

नारायण खड्का

अस्ट्रेलिया — विश्वकप छनोट २०२२ को प्रतिस्पर्धामा नेपालले अस्ट्रेलियासँग ५ गोलले हार व्यहोरेको छ । उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालले अस्ट्रेलियासँग खेलको पूरा समयसम्म नेपालले कडा प्रतिस्पर्धाको बाबजुद एक गोलसमेत फर्काउन सकेन ।

अस्ट्रेलियाको तर्फबाट जेरेमी म्याकलेरनले ह्याट्रिक गरेका थिए भने पहिलो पटक मैदानमा उत्रिएका ह्यारी साउटरले दुई गोल गरेका थिए । २० हजार बढी दर्शक उपस्थित प्रतिस्पर्धामा नेपालको प्रदर्शन अस्ट्रेलियासामु फितलो देखिएको थियो । अधिकांश समय अस्ट्रेलियाको नियन्त्रणमा रहेको खेलमा नेपालका स्टार खेलाडीहरुले कुनै जादु देखाउन सकेनन् । प्रतियोगितामा करिब ८ हजार नेपाली दर्शकहरुको उपस्थिति थियो ।

तस्बिरहरु : हेमन्त श्रेष्ठ

प्रकाशित : आश्विन २३, २०७६ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्