२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपाली राष्ट्रिय फुटबल टोलीले लगाए सिड्नीमा टीका र जमरा (फोटोफिचर)

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — अस्ट्रेलियासँग फुटबल विश्वकप छनोट खेल्न त्यहाँ पुगेको नेपाली राष्ट्रिय टोलीले विजयादशमीको उपलक्ष्यमा टीका र जमरा लगाएका छन् । नेपाली टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले सबैलाई टीका लगाइदिएका थिए । सिड्नीमा एन्फा अस्ट्रेलियाले आयोजना गरेको टीका ग्रहण कार्यक्रममा सहभागी भएर उनीहरु क्यान्बेरा प्रस्थान गरेका छन् । नेपालले बिहीबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ ।

नेपालले पहिलो पटक अस्ट्रेलियासँग खेल्न लागेको हो ।अस्ट्रेलियासँगको खेलको तयारीका लागि नेपाली फुटबल टोलीले सिड्नीमा बसेर अभ्यास गरेको थियो । नेपाली टोली गत बिहीबार नै सिड्नी आइपुगेको थियो । नेपालले सिड्नी स्पोर्टस एकेडेमीमा बसेर तयारी गरिरहेको थियो ।

प्रकाशित : आश्विन २१, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्