१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हराउँदै लिंगे पिङ (फोटो फिचर)

तस्बिर : मनोज पौडेल

काठमाडौँ — चार्डपर्वको रौनक बढाउने लिगे पिङ विस्तारै हराउँदै गएको छ । चचहुई भन्दै दसैं तिहारसम्मै खेलिने पिङ देखिन छाडेको छ । ८/१० वर्ष अघिसम्म दसैंको घटस्थापनादेखि गाउ टोलमा रोटे, जाते र लिगे पिङ हालेर गाउले रमाउने गर्थे । तर आजभोली निक्कै कम देखिन्छन् । रोटे र जाते पिङ त देख्नै छाडिएको छ । कतैकतै मात्र लिगे पिङ देखिन्छ । 

दसैंसँग धार्मिक, ऐतिहासिक र साँस्कृतिक संबन्ध बोकेको लिगे पिङ जिल्लाका थोरै ठाउँमा मात्र देख्न सकिन्छ । यस वर्ष जिल्ला भरि १०/१२ ठाँउमा मात्र लिगे पिङ राखिएको छ । तरपनि पिङ खेलेर गाउ घरमा वालवालिकादेखि युवायुवती र बृद्धबृद्धा सम्मलाई रमाईरहेका छन् । दसैंदेखि तिहारसम्म पिङमा रमाउने गर्छन् । विस्तारै पिङ खेल्ने परम्परा कम हुँदै गएपनि मधेशदेखि पहाडसम्म पिङमा मच्चिनेहरु उत्तिकै छन् । तौलिहवाको बर्मेली टोल र सागरटोलमा लिंगे पिङ बनाइएको छ । त्यस्तै चन्द्रौटा, पिपरा, लक्ष्मणघाट, चाकलचौडा, भिल्मी, कृष्णनगर र गोरुसिंगेमा लिंगे पिङ बनाइएको छ । 

पिङ राख्न थालेपछि दसैं तिहार आएको संकेत हुन्छ । मानिसहरु दसैंतिहारका सर–समान जोहो गर्न लाग्छन् । यो पिङ संस्कृतिको सुन्दर पक्ष हो । पिङ राखेको ठाउ जमघट हुने स्थल हो । यस्ले सहर बजार विदेश गएकाहरु कोको फर्के थाहा हुन्छ । शुभकामना साटासाट गर्ने स्थल पनि हुन्छ । अप्रत्यक्ष रुपमा संचार माध्यमको काम र भेटघाट भलाकुसारी गर्ने मञ्च बन्छ । पिङ खेल्दा हुने आनन्द अविस्मरणी हुन्छ । ‘दुःखकष्ट र पिडा एकछिन भएपनि भुलिन्छ’ कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले भने, ‘त्यसैले यस्तो गुण बोकेको खेलको छुट्टै महत्व छ ।’ पिङले साहस पनि बढाउछ उनले थपे । 

‘चचहुई गर्दै पिङमा मच्चिनुको छुट्टै आनन्द आउँछ’ कपिलवस्तु नगरपालिका वडा नं. २ का गोपीकृष्ण शर्माले भने, ‘आजभोली यी कुरा ईतिहास बन्न थालेकोछ ।’ हाम्रो संस्कृति विर्सदैछौं उनले भने भावी पुस्ताकालागि यो पुस्तकमा सिमित हुदैछ । घटस्थापनासंगै लिंगे पिङ बनाउने प्रतिस्पर्धा नै हुन्थ्यो । आफ्नो कला, सस्किृत र परम्परा प्रति युवा पुस्ता संवेदनशिन नहुदा समस्या निम्तिएको नागरिक अगुवा भक्तराम पन्थीले बताए । ‘पहिलो पहिला चंगा उडाएको, मौलिक बाजा गीत घन्किएको र लिंगे पिङ मच्चिएको देख्ना साथ दसैं आएको रौनक हुन्थ्यो । अहिले त्यस्तो छैन्,’ उनले भने । 

प्रकाशित : आश्विन २०, २०७६ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्