कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

अभ्यासमा नेपाली फुटबल टोली [फोटोफिचर]

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ

सिड्नी, अस्ट्रेलिया — विश्वकप फुटबल छनोट र एसियन छनोट खेल्न नेपाली टोली अहिले अस्ट्रेलियाको सिड्नीमा छ । नेपालले बिहीबार अस्ट्रेलियासँग राजधानी क्यानबेरामा खेल्दै छ । नेपालले पहिलो पटक अस्ट्रेलियासँग खेल्न लागेको हो ।अस्ट्रेलियासँगको खेलको तयारीका लागि नेपाली फुटबल टोलीले सिड्नीमा बसेर अभ्यास गरिरहेको छ । नेपाली टोली बिहीबार नै सिड्नी आइपुगेको थियो । नेपालले सिड्नी स्पोर्टस एकेडेमीमा बसेर तयारी गरिरहेको छ ।

आइतबारको प्रशिक्षणमा सबै नेपाली खेलाडी उपलब्ध थिए । इन्डोनेसियामा लिग खेलिरहेका रोहित चन्द शनिबार सिड्नी आइपुगेका हुन् । उनीसँगैं विदेशमा लिग खेलिरहेका कप्तान एवंम गोलरक्षक किरण चेम्जोङ र स्ट्राइकर विमल घर्तीमगर पनि नेपाली टोलीस“गैं सिड्नीमा रहेका छन् ।

नेपालले खेल्न लागेको अस्ट्रेलिया सबैभन्दा माथिल्लो वरीयताको टोली हो । फिफा विश्व वरीयतामा अस्ट्रेलिया ४३ औं र नेपाल १ सय ६१ औं स्थानमा छ ।अस्ट्रेलियाले छनोटचरणको पहिलो खेलमा कुवेतलाई उसैको मैदानमा ३—० ले पराजित गरेको थियो । नेपाल त्यही कुवेतस“ग उसैको मैदानमा ७—० गोलले पराजित भएको थियो । नेपालले दुई खेलमा एकमा विजय हात पारेको छ । नेपालले पछिल्लो खेलमा चाइनीज ताइपेइलाई २—० ले पराजित गरेको थियो । विश्वकप छनोटको इतिहासमा नेपालको त्यो पहिलो अवे विजय थियो ।

प्रकाशित : आश्विन १९, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्