२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

विराटनगरमा दसैंको चहलपहल [फोटोफिचर]

शब्द/तस्बिर : जितेन्द्र साह

विराटनगर — धुम्म परेको मौसम । बीचबीचमा झरी । ओहोरदोहोर गर्नै कठिन हुने निर्माणाधीन बाटो । तर, दसैं मनाउनेको उत्साहमा कुनै कमी आएको छैन । झिसमिसेदेखि मेला लाग्छ भने मठमन्दिर एवं सडकमा चहलपहल सुरु हुन्छ । मुलुककै दोस्रो ठूलो सहर विराटनगरको मन छुने दृश्यहरु हुन् यी ।

हुन त, उसै पनि यो सहरवासी धार्मिक, सांस्कृतिक र सामाजिक स्वभावका छन् । हरेक दिन सरसफाइ तथा ईश्वरकै आराधनाबाट दिनको सुरुआत गर्छन् । दसैं, तिहार र छठजस्ता चाडबाडको त झनै तन, मन एवं धनले स्वागत गर्छन् । सहरको साजसज्जामा कुनै कसर राख्दैनन् । घटस्थापनादेखि आरम्भ हुने चहलपहल सप्तमीदेखि उत्कर्षमा पुग्छ भने एकादशीसम्मै कायम रहन्छ ।

प्रकाशित : आश्विन १९, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्