लाखे नाचसहित अमेरिकामा पर्यटन प्रवर्द्धन कार्यक्रम [तस्बिरहरु]

दिनेशजंग शाह

न्यूयोर्क — ४० औं विश्व पर्यटन दिवसको उपलक्ष्यमा नेपाली समुदायले टाइम्स स्क्वायरमा शुक्रबार ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवर्द्धन कार्यक्रम आयोजना गरे । टाइम्स स्क्वायर, अमेरिकाकै सबैभन्दा आकर्षक पर्यटकीय स्थल हो । सयौं नेपाली आप्रवासीहरु सहभागी रहेका पर्यटन प्रवर्द्धन कार्यक्रमलाई टाइम स्क्वायरमा रहेका हजारौं पर्यटकहरुले अभिरुचिपूर्वक हेरेका थिए ।

नेपाली कला संस्कृतिलाई झल्काउने लोक नृत्य, लाखे नाच, कुमारी नाच एवम् भृकुटी नाच प्रस्तुत गरिएको थियो । ट्राभल ब्युरो अफ नेपाल, नेपाली कन्सुलेट अफिस र जनजाति महासंघको संयुक्त आयोजनामा गरिएको पर्यटन प्रवर्द्धनमा विदेशीहरुलाई नेपालबारे जानकारी दिँदै नेपाल भ्रमण वर्ष लेखिएका टिसर्ट, सगरमाथा एवम् लुम्बिनीका पोस्टरहरु नि:शुल्क वितरण गरिएको थियो ।

प्रकाशित : आश्विन ११, २०७६ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्