कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता इकान्तिपुर डटकममा संविधान दिवस र वर्षासँग सम्बन्धित तस्बिरहरुले प्राथमिकता पाएका छन् । यस्तै जलकुम्भीले ढाकेको फेवातालको तस्बिरले पनि चर्चा पायो । यस्तै, भारतबाट आएका कामदारहरुले च्यासलस्थित एक कारखानामा गाडीको बडि बनाउँदै गरेको, हिलाम्मे सडकमा इँटाको टुक्रा राखेर पार गर्न खोजेको, कपिलवस्तुको तौलिहवास्थित विद्यालयबाट घर फर्कदै गरेका विद्यार्थीका तस्बिरहरुले पनि प्राथमिकता पाए । इन्द्र जात्राको अवसरमा हनुमान ढोकास्थित श्वेत भैरवको प्रसादको रुपमा कथस्थ्व (जाँड) खाँदै गरेको तस्बिरले पनि चर्चा बटुल्यो ।

संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित समारोहमा झाँकी प्रस्तुत गर्दै । तस्बिर : इलिट जोशी

भारतको विभिन्न ठाउँबाट आएका कामदारहरु च्यासलस्थित एक कारखानामा गाडीको बडि बनाउँदै । दसैं नजिकिएसँगै यात्रु संख्या वृद्धि हुने हुँदा यातायात व्यवसायीहरुले नयाँ गाडी थप्ने गरेका छन् । तस्बिर : हेमन्त श्रेष्ठ ।

काठमाडौंको चुच्चेपाटीस्थित स्कुटरसम्म पुग्न हिलाम्मे सडकमा इँटाको टुक्रा राखेर पार गर्न खोज्दै युवती । तस्बिर : इलिट जोशी

कपिलवस्तुको तौलिहवास्थित विद्यालयबाट घर फर्कदै विद्यार्थी । वर्षाका कारण प्लास्टिक ओढेर विद्यार्थी घर फर्किरहेका थिए । । तस्बिरः मनोज पौडेल

इन्द्र जात्राको अवसरमा राजधानी हनुमान ढोकास्थित श्वेत भैरवको प्रसादको रुपमा कथस्थ्व (जाँड) खाँदै युवती । तस्बिर : सन्जोग मानन्धर

पुरानो बाटो हुँदै भक्तपुर जाने बाटो अन्तर्गत निकोसेरामा पानी जमेको खेतमा बल्छी थापेर माछा मार्दै युवाहरु । तस्बिर : अंगद ढकाल


प्रकाशित : आश्विन ४, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्