कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विश्वकर्मा पूजा गरिँदै

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा बुधबार फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरेर मनाइँदै छ । विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखाना, उद्योगमा रंगीचंगी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरिएको छ ।

सवारीसाधन हुनेले बिहानै सवारीसाधनको सफा गरी पूजा गरेका छन् भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिवन तथा विभिन्न ध्वजापताका लगाएर सिंगारिएको छ ।आज पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । विगतमा विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ विश्वकर्मा पूजा गरिने गरेकामा पछिल्ला केही वर्ष यता पहाडी जिल्लामा पनि यसको गरिमा र महत्व बढ्दै गएको छ ।

प्रकाशित : आश्विन १, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्